१३० रुपैयाँमा प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने
४ वैशाख, काठमाडाैं । प्राइम कमर्सियल बैंकले केही संस्थाप सेयर बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक सेयरधनीकाे नाममा रहेकाे १९ लाख १५ हजार कित्ता सेयर आज वैशाख ४ गतेबाट बिक्रीमाल्याएकाे हाे । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण, योग्य व्यक्ति, कम्पनी तथा अन्य संस्थाले आवेदन दिन सक्नेछन्। साे सेयरमा लगानीकर्ताले न्यूनतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा कुनै हद लाग्ने छैन। इच्छुक लगानीकर्ताले वैशाख १३ गतेसम्म काठमाडाैंकाे मलादीस्थित प्रभु क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन्।
प्रकाशित मिति : April 17, 2023 at 11:55 am









