२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटी ग्रुपमा ७ प्रतिशतसम्म छुट

२७ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबिच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द चौतारी हस्पिटालिटी ग्रुपको ‘ड्रिङ्क्स एन्ड बेभरेजेज’ मा ७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बैंकले उल्लेख गरेको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने विज्ञप्तिमा भनिएको छ ।

‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, हालसालै नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको छ ।

यसैगरी, बैंकले फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने ‘क्रस बैंक टेलर’ सुविधासमेत ल्याएको बैंकले जनाएको छ ।

बैंकले हाल देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६७ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ८५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : November 13, 2026 at 1:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/