९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

१३५ रुपैयाँमा ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

४ वैशाख, काठमाडाैं । ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक सेयरधनी कुनाल कयालको नाममा रहेको ५ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखेकाे हाे । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गरी आवेदन पेस गर्न सक्नेछन् ।

उकत संस्थापक सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले उक्त सेयर बिक्री भएकाे मितिले ३५ दिनभित्र के कति कित्ता सेयर खरिद गर्ने हाे साे संख्या खुलाइ आवेदन दिन सक्नेछन् ।

तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०९:५७