१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सिद्धार्थ बैंकका ग्राहकले श्री हेल्थ केयर अस्पतालमा सेवा लिँदा १० प्रतिशत छुट पाउने

४ वैशाख, काठमाडाैँ । सिद्धार्थ बैंकका ग्राहकले श्री हेल्थ केयर अस्पताल बाँकेमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन । सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रा. लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बि. सि. शाहले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अस्पतालमा सेवा लिँदा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : April 17, 2023 at 12:16 am