१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृति नदिँदा चैतमा वार्षिक साधारणसभा गर्न सकेनौंः नेष्डो समृद्ध लघुवित्त

३ वैशाख, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले संस्थाको वित्तीय विवरण स्वीकृत नगरिसकेकोले चैत मसान्तभित्रै वार्षिक साधारणसभा (एजीएम) गर्न नसकिएको जनाएको छ। लघुवित्तले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/७९को लाभांश प्रस्तावसहित लेखापरीक्षणको वित्तीय विवरणहरु राष्ट्र बैंकमा पेस भएकोमा बैंकले हालसम्म पनि स्वीकृति नदिएकाेले चैत मसान्तसम्म वार्षिक साधारण सभा गर्न नसकेको लघुवित्तले बताएको हो ।

लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावसहितको वित्तीय विवरण संस्थाले राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको छ। तर, हालसम्म संस्थाले राष्ट्र बैंकबाट स्वीकृति भने प्राप्त गरिसकेको छैन। राष्ट्र बैंकको स्वीकृतिपश्चात् मात्रै लघुवित्तले वार्षिक साधारणसभा बोलाउनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ११:१८