१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छुट्ला है ! एक कम्पनीकाे १४.७५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३० चैत, काठमाडाैं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज चैत ३० गते अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि बैशाख १ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिताहुन सक्नेछन्।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । साेही लाभांश प्रस्ताव पारित गर्न संस्थाको ५ औँ बार्षिक साधारणसभा बैशाख १० गते होटल इन धरान सुनसरीमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १०:५४