१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एक कम्पनीकाे १९ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईंको आयो त ?

३० चैत, काठमाडाैं । साधना लघुवित्त वित्तिय संस्थाले सेयरधनीकाे डिम्याट खातामा बोनस सेयर जम्मा गरेकाे छ । कम्पनीकाे पुस ३० गते सम्पन्न छैंठौ वार्षिक साधारणसभाबाट पारित करसहित १९ प्रतिशत बोनस सेयर  नेप्सेमा सूचीकृत गराई डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरीएकाे कम्पनीले जनाएकाे छ । सो मिति पश्चात डिम्याट खाता अभौतिकिरण गराएका सेयरधनीहरुको हकमा क्रमश उक्त बाेनस सेयर सम्बन्धित सेयरधनीकाे खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर बोनस सेयर लिन कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १०:३०