१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सामुदायिक लघुवित्तले पनि घटायाे लाभांश, अब बोनस र नगद कति ?

२६ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्तको लाभांश घटेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा लघुवित्त ले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित लाभांश घटाएकाे हाे ।

कम्पनीकाे गत चैत ९ गते बसेको आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल २१.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

तर राष्ट्र बैंककाे निर्देशनपछि संस्थाको सञ्चालक समितिको चैत २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट यसअघि प्रस्तावित लाभांश घटाउँदै अब चुक्तापुँजी १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी  कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १०:३४