२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

लघुवित्त संस्थामा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंकले माग्यो सुझाव

१९ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुमा देखिएका समस्या समाधान गर्न चाल्नुपर्ने कदमहरुका बारेमा सुझाव पठाउन सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ।

आइतबार बैंकले एक सूचना जारी गर्दै समिति गठन गर्दै लघुवित्त वित्तीय संस्थाहरुमा देखिएकोे वर्तमान समस्या र उक्त समस्याको समाधान गर्न चाल्नुपर्ने कदमहरुका बारेमा सुझाव माग गरेकाे हाे ।

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको समितिले अध्ययन कार्य सुरु गरेको हो। अध्ययन समितिले सरोकारवालाहरुलाई लघुवित्तहरुको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे इमेलमार्फत २०८० वैशाख २० गते भित्र सुझाव दिन आग्रह गरेको हो ।

प्रकाशित मिति : 16:53