८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कामना सेवा विकास बैंकले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

१९ तैत, काठमाडाैं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद लाभांश गरि  कुल ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : April 2, 2023 at 11:03 am