आइतबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
१२ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २६.८७ अंकले घटेर १८८८.२७ बिन्दुमा बन्द भएकाे छ । आज २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा ओरालो लागेसँगै आज ४ कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज जिवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक्यु नेपाल लघुवित्त र महिला लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै किसान लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १५:३८












