२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न

१२ चैत, काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडाैंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बागमती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो। सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नायब महाप्रबन्धक आले मगरले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आबद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्रान्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरेलगायतको उपस्थिति थियो।

अन्तर्राष्ट्रिय नेपाली ट्रेनर मीनबहादुर घलेको लिडरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको थियो। ट्रेनर घलेले व्यवहारिक तरिकाले व्यावसायिक वृद्धिका सूत्रहरु दिएका थिए।

अभिकर्ताहरुको व्यावसायिक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको थियो।

प्रकाशित मिति : March 26, 2023 at 1:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/