२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

२२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१२ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भोलि  चैत १३ गते सोमबार २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।केन्द्रीय बैंकले चैत १४ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको साेमबार बोलकबोल गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० वैशाख १२ गते परिपक्व हुनेछ । बैंकले ९१ दिनका लागि ११ अर्ब ५० करोड २५ लाख रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल असार १२ गते परिपक्व हुनेछ । त्यस्तै, बैंकले १८२ दिनका लागि ६० करोड रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल असोज ९ गते परिपक्व हुनेछ। र बैंकले ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल चैत १३ गते परिपक्व हुनेछ।

यी ट्रेजरी बिल भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : March 26, 2023 at 12:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/