सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्देै मकर जितुमाया सुरी हाइड्रोपावर
१२ चैत, काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँड गरीसकेर अब सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि छिटाेमा चैत २२ गते र ढिलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
प्रकाशित मिति : March 26, 2023 at 12:20 pm


