२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

दुई कम्पनीले घोषणा गरे लाभांश, हेर्नुहाेस् कुनकाे कति ?

१२ चैत, काठमाडाैं । विभिन्न दुई कम्पनीले लाभांश भाेषणा गरेका छन् । गुराँस लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तले सेयरधनीका लागि वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।

१) गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश प्रस्ताव गरेको छ। चैत ९ गते बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १३.२७ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव गरेको छ।

प्रस्तावित बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएकाे छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीकाे आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ ।

२) नेष्डो समृद्ध लघुवित्त

नेष्डो समृद्ध लघुवित्तले सेयरधनीका लागि बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का हाल कायम रहेको चुक्तापुँजीकाे ५० प्रतिशत बोनस सेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीकाे आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : March 26, 2023 at 10:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/