६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

छुटाउनुभयो की ? सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१२ चैत, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीकाे आईपीओमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार चैत ११ गते शनिबार साँझसम्ममा कम्पनीकाे आईपीओमा ११ लाख ४८ हजार ६७९ आवेदकबाट कुल १ करोड २९ लाख ६७ हजार ६३० कित्ता सेयरका लागि आवेदन परेकाे छ । याे सर्वसाधारणका लागि छुट्याएकाे भन्दा ३.६२ गुणा बढी आवेदन परेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार ०९:४७