१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

मितेरी डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

४ माघ, काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले संस्थापक सेयरधनी विराज ठक्करको नाममा रहेको ४३ हजार १२३ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएकाे हुनाले उक्त सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ । साे सेयरमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।

आज बैंकले एक सूचना प्रकाशित गर्दै उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सुनसरीको धरान–१२ महेन्द्रपथस्थित बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिस्ट्रार प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आवेदन पेस गर्न सकिने जनाएकाे छ ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीले सेयर खरिदका लागि कुनैपनि आवेदन नदिएको खण्डमा उक्त सेयर सर्वसाधारण तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १३:४३