नेपाल हाइड्रो डेभलोपर्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
१ मंसिर, काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।
प्रकाशित मिति : November 17, 2026 at 11:03 am












