सबैभन्दा धेरै कर तिर्ने व्यक्ति राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल
१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले करदाताहरुलाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले उनलाई सम्मान गरेको हो।

२०७७, २०७९, २०८० र २०८२ सालमा पनि शाह नै धेरै कर तिरेबापत सम्मानित भएका थिए । यसपटक निकायहरु मध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल प्रालि पर्न सफल भएको छ । अघिल्लो वर्ष नेपाल सूर्य नेपालसहित अन्य १९ निकायलाई पनि सम्मानित भएका छन् ।
प्रकाशित मिति : November 17, 2026 at 10:55 am












