८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेप्सेले गर्याे कालिका पावर र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार फुकुवा

११ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे हाे ।

दुवै कम्पनीले नेप्सेमा ढिला सूचना दिएका हुनाले सूचना लुकाएकाे आरोपमा यी कम्पनीको कारोबार रोक्का राेक्का गरेकाे थियाे ।

दुवै कम्पनीले अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्णपालना गर्ने क्षमायाचना सहितको प्रतिवद्धता व्यक्त गरेका हुनाले आगामी दिनमा यस्ता प्रकारका त्रुटी नगर्न सचेत गराउँदै यी कम्पनीको धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ । अब भोलि मंगलबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १६:४०