२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौँ । साताको पहिलो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से १२.७९ अंकले घटेर २६३६.१० को विन्दुमा कायम भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ९३ हजार कित्ता स्येर खरिदबिक्री भएको छ। यस दिन ८६ कम्पनीहरुको सेयरमूल्य बढेको छ भने १८५ कम्पनीहरुको सेयरमूल्य घटेको छ । यस दिन ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ११.८४ प्रतिशत बढेको छ। एभरेष्ट कलरको सेयरमूल्य यस दिन सर्वाधिक ५.३६ प्रतिशत घटेको छ। यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को सर्वाधिक काराेबार भएकाे छ। यस दिन २८ करोड ९१ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : November 17, 2026 at 3:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/