२ अर्ब माथिकाे काराेबार हुँदा आज यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
११ पुस, काठमाडौं । साता पहिलो काराेबारकाे दिन साेमबार सेयर बजारमा उछाल आएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै सेयर बजारमा उछाल आएको हाे । केहि दिन यता निरन्तर ओरालो लागेकाे सेयर बजार पौडेल अर्थमन्त्रीमा आउने कुराले लगानीकर्ता उत्साहित बनेका छन् ।
पौडेल अर्थमन्त्री बन्ने भएपछि लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.८६ अकंले बढेर १९२४.०७ बिन्दुमा बन्द भएको छ । आज २५० कम्पीको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर २० करोड ८८ लाख माथिको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ११ लाख, नबिल बैंकको ९ करोड ११ लाख, रिडी हाइड्रोपावरको ७करोड २६ लाख र एनआइसी एशिया बैंकको ६ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १५:१२












