अन्तिम कारोबारकाे दिन यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
७ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अकंले ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०१ अकंले घट्दा १८६७.२१ बिन्दुमा बन्द भएको छ । बिहिबार २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार नेपाल टेलिकमको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । यस दिन कम्पनीको सेयर १४ करोड ९९ लाख ५० हजार रुपैयाँको कारेबार भएको हो ।
त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ६९ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ३१ लाख रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड ८१ लाख रुपैयाँ र शिवम सिमेन्टको ३ करोड ९९ लाख रुपैयाँको कारोबार भएको

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १५:१६












