आइतबार सेयर काराेबार बन्द हुने
७ पुस, काठमाडाैं । आगामी पुस १० गते आइतबार सेयर काराेबार बन्द हुने भएकाे छ । साे दिन सरकारले क्रिसमस डेकाे अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबार सेयर बजार पनि बन्द हुनेछ । अब सेयर बजार पुस ११ गते साेमबार मात्रै खुल्ने छ ।
प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १२:१९












