७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनकाे कति ?

७ पुस, काठमाडाैं । ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको । गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

यी ३ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेका छन् । यसर्थ आज पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१) गरिमा विकास बैंक

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २२ गते १६औँ वार्षिक साधारण सभा बाेलाएकाे छ । सभा होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजेबाट सुरु हुनेछ ।

२) नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.४२११ प्रतिशत नगद लाभांश गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २२ ७४ औँ वार्षिक साधारण बाेलाएकाे छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

३) प्राइम लाइफ इन्स्योरेन्स कम्पनी

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा पुस २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरको ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ०९:५१