७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

८६ करोडकाे मात्रै काराेबार हुँदा आज यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

६ पुस, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार ओरालो लागेको छ । साताको दोस्रो र तेस्रो कारोबार दिन सुधार आएकाे सेयर बजारमा चौथो कारोबारको दिनमा भने  गिरावट आएकाे हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८९ अकंले घटेर १८६७.२२ बिन्दुमा बन्द भएको छ । बुधबार २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच हुदाँ ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

यस दिन एनआइसी एशिया बैंककाे सर्वाधिक काराेबार भएकाे छ । बैंकले यस वर्ष सेयरधनीका लागि लाभांश नदिने निर्णय गरे पछि कम्पनीको सेयर लगानीकर्ताले बेचेका छन् । कम्पनीको ११ करोड ८२ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, नबिल बैंकको ३ करोड ९५ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ८५ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ३४ लाख र सोल्टी होटलको ३ करोड ३० रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ पुष २०७९, बुधबार १५:१५