८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

१ पुस, काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा याे साता ४ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा ३ कम्पनीकाे आइपीओ र एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

नेप्सेमा इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ र राधी विद्युत हकप्रद सेयर सूचिकृत भएकाे छ ।

१) श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो । लघुवित्तलाई नेप्सेले ‘एसएचएलबी’ कारोबार संकेत प्रदान गरेको छ।

२)  इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेड

नेप्सेमा इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेडको ६२ लाख कित्ता सेयर सूचिकृत भएको हो । यो कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ।

३) पिपुल्स हाइड्रोपावर

नेप्सेमा पिपुल्स हाइड्रोपावरको कुल ३ करोड ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ।

४) राधी विद्युत कम्पनी लिमिटेड

नेप्सेमा राधी विद्युत कम्पनी लिमिटेडकाे १४७.५२ प्रतिशत हकप्रद बापतकाे ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार १६:४८