६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

२.६२ अंकले घट्याे सेयर बजार, ७२ कराेडकाे काराेबार

२८ मंसिर, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेप्से परिसूचक घटेसँगै काराेबार रकम पनि घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा बन्द भएकाे छ । यस दिन २४६ वटा कम्पनीकाे २० लाख ८७ हजार ८ सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहबाहेक सेयर बढेकाे छ । बाँकी ८ वटा उपसमूहकाे सेयर भने घटेकाे छ । आज नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे ५ कराेड ३९ लाख १३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाईसी नेपाल लघुवित्त र इष्टर्न हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १५:४२