किन भएन श्रृजनशील लघुवित्तको सेयर कारोबार ?
२८ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंसिर २८ गते, बुधबार श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि उक्त कम्पनीकाे काराेबार हुन नसकेकाे हाे ।
स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र नियमित समयका लागि कारोबारमा आउने प्रावधान छ । त्यसैले अब भाेलि मंसिर २९ गते बिहीबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ ।
हिजाे मंसिर २७ गते मंगलबार श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको थियाे । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ३ सय २ रूपैयाँदेखि अधिकतम ९ सय ६ रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १२:०३












