२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार ?

२८ मंसिर, काठमाडाैं । स्पेशल प्रि ओपन सेसनमा बुधबार २ कम्पनीकाे पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओपन सेसनमा पिपुल्स हाइड्रोपावर र इष्टर्न हाइड्रोपावरको पहिलो कारोबार भएको हाे । यी दुबै कम्पनीकाे आइपीओ हिलाे मंसिर २७ गते मंगलबार नेप्सेमा सूचीकृत भएकाे हाे ।

बुधबार पिपुल्स हाइड्रोपावरको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा र हाइड्रोपावरको प्रतिकित्ता २१६ रुपैयाँमा पहिलो कारोबार भएको छ ।

नेप्सेमा मंगलबार इष्टर्न हाइड्रोपावर लिमिटेडको ६२ लाख कित्ता सेयर सूचिकृत भएको थियाे । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ७२ रूपैयाँ ३३ पैसादेखि अधिकतम २१६ रूपैयाँ ९९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे थियाे । यो कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ।

 पिपुल्स हाइड्रोपावरको कुल ३ करोड ३० लाख कित्ता सेयर सूचीकृत भएको थियाे। पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : December 14, 2022 at 11:12 am