७७ करोडकाे मात्रै काराेबार हुँदा आज यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
२७ मंसिर, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार दाेहाेराे अंकले बढेकाे सेयर बजार मंगलबार फेरि घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ । यस दिन २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नबिल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड १७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, नेपाल टेलिकमको ६ करोड ३ लाख ७१ हजार रुपैयाँ, समिट लघुवित्तको ४ करोड ६९ लाख ९५ हजार रुपैयाँ, नेपाल बैंकको ३ करोड ५१ लाख ५० हजार र अपर तामाकोशी हाइड्रोपावरको २ करोड ९९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १५:१५












