६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

२७ मंसिर, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा ३ कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको हो।

नेप्सेमा श्रृजनशील लघुवित्तको कुल १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेले कम्पनीकाे आइपीओलाइ पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ३०२ रुपैयाँदेखि अधिकतममा ९०६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। लघुवित्तलाई नेप्सेले ‘एसएचएलबी’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा इष्टर्न हाइड्रोपावर लिमिटेडको ६२ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ७२ रूपैयाँ ३३ पैसादेखि अधिकतम २१६ रूपैयाँ ९९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । यो कम्पनीलाई नेप्सेले ‘ईएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै, नेप्सेमा पिपुल्स हाइड्रोपावरको कुल ३ करोड ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। कम्पनीलाई नेप्सेले ‘पीएचसीएल’ कारोबार संकेत प्रदान गरेको छ।

भोलि बुधबार स्पेसल प्रि–ओपन सेसन यी तीनै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार १४:३५