६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

शुभम पावरले आईपीओ निष्कासन गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र भर्न पाउने

२७ मंसिर, काठमाडाैं । शुभम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले पुस ६ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको छ ।

कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री गर्न लागेकाे हाे ।

उक्त आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि पुस २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताहरूले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेराे सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलवार ११:४८