६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

तपाईकाे खातामा आयो त ५ प्रतिशत लाभांश

२६ मंसिर, काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले सेयरधीकाे खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले सम्वन्धित सेयरधनीको बैंक खाता नगद लाभांश जम्मा गरेकाे हाे ।

कम्पनीले गत असोज २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएकाे ५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

असोज १३ गतेसम्म हितग्राही खातामा बैंक खातासमेत अद्यावधिक गराएका सेयरधनीको हकमा सम्बन्धित बैंक खातामा नै रकम जम्मा भइरहेको कम्पनीले जनाएको छ । त्यस मितिपश्चात बैक खाता अद्यावधिक गराएका सेयरधनीको पनि क्रमशः बैंक खातामा नै जम्मा हुने कम्पनीले सूचना मार्फत जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १४:०१