२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२६ मंसिर, काठमाडाैं । साताको दाेस्राे कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०९ अंकले घटेर १८८४.२२ विन्दुमा पुगेको छ।

साेमबार प्रि ओपन सेसनमा ५ स्टकको १३ लाख ६९ हजार ९२४ रुपैयाँ बराबरको १ हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रकाशित मिति : December 12, 2022 at 11:15 am