एनआरएन इन्फ्रास्ट्रक्चरले बाेलायाे साधारणसभा, बुकक्लाेज कहिले ?
२५ मंसिर, काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा पुस २० गते, बुधबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा र जुमकाे माध्यमबाट एकसाथ सञ्चालन हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस ५ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पुस ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : २५ मंसिर २०७९, आईतवार ११:१५












