६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सिवाईसी लघुवित्तकाे काराेबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

२३ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । अब आगामी आइतबारबाट कम्पनीकाे सेयर दाेस्राे बजारमा काराेबार खुल्नेछ ।

 नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुँदैछन् । मर्जर प्रयाेजनका लागि प्रारम्भिक समझदारी पत्रमा सम्झाैता भएसँगै असार २३ गतेदेखि नै नेप्सेले कम्पनीकाे काराेबार राेक्का गरेकाे थियाे ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार १६:२२