६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

झिनो अकंले घटेकाे सेयर बजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२० मंसिर, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजार घटेकाे छ । मंगलबार सेयर बजार झिनो अकंले ओरालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको छ । मंगलबार २३८ कम्पनीको २५ लाख ८१ ह्जार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ८ करोड १२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, हिमालयन डिस्टलरीको ५ करोड ५० लाख रुपैयाँ, रिडी पावरको ५ करोड २ लाख रुपैयाँ, नलिब बैंकको ४ करोड ८१ लख ९५ हजार रुपैयाँ र एनआइसि एशिया बैंकको ३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १५:२०