६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

एकै चोटी ४ कम्पनीको कारोबार फुकुवा, बुधबारबाट किनबेच गर्न सकिने

२० मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एकै चाेटी थप ४ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले ग्लोबल आईएमई बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे हाे ।

नेप्सेले चार वटै कम्पनीकाे आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । अब भोलि बुधबारबाट यी चारवटै बैंक तथा वित्तीय संस्थाको सेयर कारोबारमा आउनेछ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १५:१५