९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

नेप्सेमा २ कम्पनीकाे सेयर कारोबार फुकुवा, साेमबारदेखि किनबेच गर्न सकिने

१८ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुइ कम्पनीकाे काराेबार फुकुवा भएकाे छ । नेप्सेमा अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएकाे हाे । नेप्सेले यी दुबै कम्पनीकाे आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । अब यी दुवै कम्पनीको सेयर भोलि  मंसिर १९ गते सोमबारबाट कारोबारमा आउनेछन्।

प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा मर्ज हुने सम्झौता भएपछि साउन एक गते आइतबादेखि नेप्सेमा सेयर कारोबार रोक्का भएको थियाे । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हालै ल्याएको मर्जरसम्बन्धी कार्यविधिमा यसअघि मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गर्न सकिने व्यवस्था गरेको छ।

कारोबार समयमा सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरी कारोबार समयपछि सूचना पठाएको भन्दै नेप्सेले गत मंसिर ७ गते रिडी पावरमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पठाउन निर्देशन दिएको थियो। कम्पनीले यस्ताे गल्ति अब नगर्ने भन्दै नेप्सेमा पत्र पठाएसँगै कम्पनीकाे काराेबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : December 4, 2022 at 5:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/