६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

यी हुन् २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीहरू, हेर्नुहोस् कुनको कति

१६ मंसिर, काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २८ कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले घाेषणा गरेकाे लाभांशमा पनि २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीहरूकाे हामिले आज चर्चा गर्दै छाैँ ।

उक्त लाभांश अनुसार यसवर्ष सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिनेमा युनिलिभर नेपाल पहिलाे नम्बरमा रहेकाे छ ।  कम्पनीले यस वर्ष सेयरधनीहरूका लागि १२१५ रुपैयाँ नगद लाभांश घाेषणा गरेकाे छ । अर्थात् युनिलिभर नेपाल को एक कित्ता सेयर हुने सेयरधनीले यसपालि १२ सय १५ रुपैयाँ लाभांश पाउँनेछन् ।

धेरै लाभांश दिनेमा दोस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेकाे छ । कम्पनीले  सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश घाेषणा गरेकाे छ । कम्पनीले घाेषणा गरेकाे लाभांशमध्ये ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश रहेकाे छ । यस्तै, हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ । कम्पनीले घाेषणा गरेकाे लाभांशमध्ये ६० प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश रहेकाे छ ।

बोटलर्स नेपाल (तराई) ले सेयरधनीलाई ६० प्रतिशत लाभांश दिँदैछ । कम्पनीले नगद लाभांश मात्रै दिन लागेको हो । रिडी पावरले ४२.१ प्रतिशत लाभांश घाेषणा गरेकाे छ । कम्पनीले घाेषणा गरेकाे लाभांशमध्ये ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद रहेकाे छ ।

त्यस्तै, सोल्टी होटलले ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद लाभांश गरी २६.३१ प्रतिशत लाभांश दिन भएकाे छ । सानिमा इक्वीटी फण्डले २२ प्रतिशत नगद लाभांश दिन लागेकाे छ भने बैंक अफ काठमाडूले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश दिँदैछ ।

एभरेष्ट बैंकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश गरी २०.६८ प्रतिशत लाभांश दिन भएकाे छ । फष्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगल लाभांश गरी २० प्रतिशत लाभांश घाेषणा गरेकाे छ । बोटलर्स नेपाल (बालाजु) ले भने २० प्रतिशत नगद लाभांश मात्रै दिने भएकाे छ । यसरी लाभांश घोषणा गरेका कम्पनीमध्ये केहीको बुकक्लोज भइसकेको छ भने केहीको अझै पनि लाभांश सुरक्षित गर्न सकिने छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १६:०१