६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

मर्जर प्रयोजनका लागि राेक्का रहेका कम्पनीकाे काराेबार धमाधम खुल्दै, थप २ कम्पनीकाे फुकुवा

१५ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राेक्का रहेकाे कम्पनीकाे काराेबार धमाधम खुल्न थालेकाे छ । मर्जर प्रयोजनका लागि रोक्का रहेको थप २ कम्पनीकाे काराेबार पनि नेप्सेले फुकुवा गरेकाे छ । नेप्सेले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे हाे ।

नेप्सेले यी दुवै कम्पनीकाे आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । अब आउँदो आइतबारदेखि यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

यसअघि नेप्सेले मर्जर प्रयोजनका लागि प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार गत असार २८ गतेबाट र प्रभु इन्स्योरेन्सको गत भदौ १ गतेबाट रोक्का राखेको थियो।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १७:००