६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

दोहोरो अंकले बढ्याे सेयर बजार, १ अर्ब ३२ करोडकाे काराेबार

१५ मंसिर, काठमाडौं । साताकाे अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार सेयर बजार  बिहिबार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा पुगेकाे छ । यस दिन २४१ वटा कम्पनीकाे ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

काराेबार भएकाे १३ उपसमूहमध्ये बिहीबार ३ वटा उपसमूहकाे सेयर घटेकाे छ बाँकी सबै उपसमूह बढेकाे छ । आज नबिल बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १४ कराेड ४५ लाख ५६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस्तै, धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सिटिजन्स म्युचुअल फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १५:३२