सेयर बजारमा गिरावट, ‘पर्ख र हेर’ काे अवस्थामा लगानीकर्ता
१४ मंसिर, काठमाडाैं । साताकाे चाैथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक झिनाे अंकले घटेकाे हाे । सेयर बजारमा उतारचढाव आउँदा लगानीकर्ता ‘पर्ख र हेर’ काे अवस्थामा देखिएका छन् ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा पुगेकाे छ । यस दिन २३८ वटा कम्पनीकाे २३ लाख ५५ हजार ८ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड २६ लाख ९५ हजार ३ सय १ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी २ वटा उपसमूहकाे सेयर बढेको छ । बुधबार हिमालयन डिष्टिलरीको सर्वाधिक खरिदबिक्री भएकाे छ । कम्पनीकाे यस दिन ४ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
यस दिन ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । आज लक्ष्मी इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १५:३५












