६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

८४ करोडकाे मात्रै काराेबार हुँदा आज यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

१४ मंसिर, काठमाडाैं । साताकाे चाैथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो काराेबारकाे दिन मंगलबार २ अंकले बढेको नेप्से आज ३.४१ अंकले घटेर एक हजार ९ सय ४९ दशमलब ८५ विन्दुमा बन्द भएको छ ।

नेप्से घटेसँगै बुधबार काराेबार रकम समेत घटेकाे छ । आज नेप्सेमा ८४ करोड २६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । साे रकम बराबरकाे काराेबार हुँदा बुधबार हिमालयन डिष्टिलरीको सर्वाधिक खरिदबिक्री भएकाे छ । कम्पनीकाे यस दिन ४ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ४ करोड १५ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ८३ लाख, शिवम् सिमेन्ट्सको ३ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयरको २ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १५:१३