नेप्सेमा ८ लाख ४० हजार कित्ता बाेनस सेयर सूचिकृत
१३ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे सेयर सूचिकृत भएको छ । नेप्सेमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको हाे ।
नेप्सेमा कम्पनीकाे ४.२० प्रतिशत बाेनस बापतकाे ८ लाख ४० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे थियाे । साेही बोनस सेयर नेप्सेमा सूचिकृत भएको हाे ।
प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १६:१८












