झिने अंकले बढ्याे सेयर बजार, घट्याे काराेबार रकम
१३ मंसिर, काठमाडौं । साताकाे तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजार झिने अंकले बढेकाे छ । अघिल्लाे काराेबारकाे दिन अर्थात सोमबार दोहोरो अकंले घटेको सेयर बजार आज भने झिनो सुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९९ अकंले बढेर १९५३.३५ बिन्दुमा बन्द भएको छ । यस दिन २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच हुदाँ ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार पनि हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ७२ लाख ७५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.१० प्रतिशतले बढेर २ सय ६६ रूपैयाँ पुगेकाे छ । यस दिन एनआईसी एशिया ब्यालेन्स फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १५:३५












