सेयर बजारमा १५.६१ अंककाे गिरावट, घट्याे काराेबार पनि
१२ मंसिर, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन साेमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार उच्च अंकले बढेकाे सेयर बजार २४ घण्टा नबित्दै फेरि घट्न थालेकाे छ । आज नेप्से १५.६१ अंकले घटेर एक हजार ९ सय ५० दशमलब ३७ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको भएको थियो ।
नेप्से घटेसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुनलामा घटेकाे छ । साेमबार एक अर्ब ४९ करोड रुपैयाको कारोबार भएको छ । यस दिन सिनर्जी पावर डेभलपमेन्ट र ओरेन्टल होटल्सको सेयर मूल्यमा गिरावट भएको छ । साेमबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । उस दिन कम्पनीकाे १६ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १५:२३












