६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

युनाईटेड इदी मर्दि हाईड्रोपावरले घोषणा गर्याे लाभांश

८ मंसिर, काठमाडाैं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।

सोही बैठकले आफ्नो १३ औँ वार्षिक साधारणसभा मंसिर २८ गते पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले प्रस्तावित लाभांश परितसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण ऐजेण्डाहरू पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०९:५८