६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

७.१३ अकंले घट्याे सेयर बजार, १ अर्ब ३५ करोडकाे काराेबार

६ मंसिर, काठमाडाैं । काराेबारकाे पहिलाे दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना देशैभर चलिरहेका बेला सेयर बजार भने ओरालो लागेको हाे ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ । मंगलबार २२८ कम्पनीको ३७ लाख ६३ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ५२ वटा कम्पनीको सेयरमुल्य बढेको छ ।१३२ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज जानकी फाइनान्स कम्पनीको सेयरमुल्य ६.२३ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ रुपैयाँ पुगेको छ । मंगलबार नेपाल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १२ अर्ब १६ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो । मंगलबार युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएकाे छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १५:२२